ADVERTISING

Breaking News

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षीले आलोचना, सत्ता पक्षले बचाउ

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिए । प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारको चर्को आलोचना गरे भने सत्ता पक्षका सांसदले त्यसको बचाउ गरेका थिए ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने आरोप लगाए बताए । थापाले जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान गर्ने काम बढ्दै जाने बताए ।
थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको पनि बताए । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा आक्रोश पोखे । उनले विधेयकलाई काम गर्न चाहिने राष्ट्रियसभाको बैठक नबोलाएको आरोप पनि लगाए ।

सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा राष्ट्रवादी सरकार के हेरेर बसेको भनी प्रश्न गरे । बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको जानकारी दिए ।

नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौती दिए । उनले अविश्वास प्रस्ताव ल्याउन नसक्नेले किन प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनी प्रश्न गरे ।
बाइटः खगराज अधिकारी, संसद, नेकपा एमाले
बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ ।।

leave a reply