ADVERTISING

Breaking News

पल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले बराबरी खेल्दै अंक बाडे

काठमाडौं:  सहिद स्मारक ’बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लब पनि गोलरहित बराबरीमा रोकिए । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । बराबरीसँगै ७ खेलबाट ६ अंक जोडेको भगवती लिगको नवौँ स्थानमा रहेको छ । २ अंक जोडेको पुल्चोक लिगको पुछारमा रहेको छ । बी डिभिजन लिगमा प्रतिस्पधा गरिरहेका १२ टिममध्ये एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

leave a reply