ADVERTISING

Breaking News

बी डिभिजन लिगमा खुमलटारद्वारा पुल्चोक ५–२ ले पराजित

काठमाडौं:  सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । .मंगलबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गरे । कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले एक एक गोल गरे । पुल्चोकका मिन बहादुर गुरुङ र किश्मत लिम्बुले एक एक गोल फर्काए । जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ । पुल्चोकको ६ खेलमा १ अंक रहेको छ । यस्तै मंगबार नै भएको अर्को खेलमा नयाँबस्ती युवा क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नयाँबस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए । कोरोना भाईरसको महामारीको कारण गत वर्षको चैतबाट रोकिएको बी लिग एन्फाले पुनः सुरु गरेको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।।

leave a reply