काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीले वालिङ नगरपालिकालाई २–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई पराजित गरेको हो । आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन् । खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट आर्मीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ४३ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई २–० को जित दिलाईन् । खेलको ८३ औं मिनेटमा वालिङ १० खेलाडीमा समेटिएको थियो । वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोईली दुई पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् । जितसंगै दोस्रो स्थानमा रहेको आर्मीले ८ खेलबाट १९ अंक जोडेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
त्रिभुवन आर्मीद्वारा वालिङ नगरपालिका २–० ले पराजित

Post navigation
Posted in: