ADVERTISING

Breaking News

संविधानलाई कागजको खोस्टो बनाउने सरकारको कार्यले हड्ताल : नारायणकाजी श्रेष्ठ

काठमाडौं : दाहाल-नेपाल समूहको नेकपाका नेता नारायणकाजी श्रेष्ठले आम हड्ताल बाध्यात्मक भएको बताएका छन् ।

बिहीबार काठमाडौंको जमलमा भएको विरोध प्रदर्शनमा सहभागिता जनाउने क्रममा उनले संविधानलाई कागजको खोस्टो बनाउने, लोकतन्त्र सिध्याउने र नागरिक अधिकार कुन्ठित बनाउने सरकारको कार्यले हड्ताल गर्नुपरेको बताएका हुन् ।

दाहाल-नेपाल समूहको प्रवत्ता समेत रहेका श्रेष्ठले लोकतन्त्र हत्या र सरकारको जंगली राज अन्त्यका लागि आन्दोलनको विकल्प नभएको पनि बताए ।

आम हडताल जस्ता प्रतिकार गर्ने आन्दोलन नगरे लोकतन्त्र नै गुम्ने खतरा देखिएको श्रेष्ठको भनाइ छ । लोकतन्त्र रक्षा गर्न जनता कष्ट ब्यर्होन तयार भएको उनको जिकिर छ ।

जनतालाई शान्तिपुर्ण रुपमा समर्थन जनाउन आफुहरुले आग्रह गरेको र बल प्रयोगको नीति नभएको पनि उनले स्पष्ट पारे । उपत्यकामा विभिन्न भागमा आम हडतालका क्रममा भएका प्रदर्शनमा शीर्ष नेता समेत सहभागी भएका थिए ।

leave a reply