काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघरमा जारी धर्नामा आज शीर्ष नेता पनि सहभागी भएका छन् । चारदिनदेखि जारी धर्नामा आज अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समेत सहभागी भएका हुन् ।
धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी भएका छन् । विघटन विरुद्धको आन्दोलन अन्तर्गत दाहाल-नेपाल समूहले साताब्यापी धर्ना जारी राखेका छन् । धर्नापछि माघ २८ गते दाहाल-नेपाल समूहले काठमाडौंमा बृहत प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि दाहाल-नेपाल समूहले बुटवल, विराटनगर र चितवनमा जनसभा समेत गरेको छ ।