ADVERTISING

Breaking News

२८३ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

काठमाडौं:  पछिल्लो घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ।
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएर फर्किएका छन्। हाल सम्म कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ।

leave a reply