काठमाडौं: कर्णाली प्रदेशलाई हराउदै सशस्त्र प्रहरी बल एपिएफ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा लगातार तेस्रो जित निकाल्ने क्रममा एपिएफले कर्णालीलाई ७१ रनले हराएको हो । पहिले ब्याटिङ गरेको एपिएफले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । जवाफमा २ सय १९ रनको लक्ष्य पछाएको कर्णाली ४३ दशमलव २ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ४७ रनमा समेटियो । जितसँगै एपिएफ र नेपाली सेना एक खेल अगाडि छ–छ अंकका साथ समुह एबाट सेमिफाइनलमा पुगेका छन । यी दुईबीच हुने यो समुहको अन्तिम खेलले समुह विजेता र उपविजेताको निर्णय हुनेछ । अर्को खेलमा सुदुरपश्चिमलाई ६ विकेटले माथ दिदै लुम्बिनी प्रदेशले सेमिफाइनलमा पुग्ने संभावना कायमै राखेको छ । लगातार तेस्रो हार बेहोर्दै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिम २७ दशमलव ४ ओभरमा अल आउट हुदै मात्र ६२ रनमा समेटियो । जवाफमा लुम्बिनीले १४ दशमलव ५ ओभरमा ४ विकेटको नोक्सानीमा ६३ रन जोडदै जित निकाल्यो । लुम्बिनीले तीन खेलमा चार अंक बनाएको छ । तीन खेलमा हार सहित अंकको खाता नखोली सुदुरपश्चिम समुह चरणबाटै बाहिरिएको छ ।
कर्णालीलाई हराउदै एपिएफ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

Post navigation
Posted in: