ADVERTISING

Breaking News

दाहाल नेपाल समूहद्धारा ओलीसँग स्पष्टिकरण माग

काठमाडौ । नेकपाको दाहाल नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीसँग स्पष्टिकरण माग गरेको छ । पार्टी अनुशासन विपरित काम गरेको भन्दै सो समूहले सोमवार प्रधानमन्त्रीको सरकारी निवास वालुबाटारमा स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी स्थायी समिति बैठकको निर्णय अनुसार नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने बालुवाटार पुगेर पत्र बुझाएका हुन । अनुशासन उल्लंघन गरेको भन्दै दाहाल नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तीन दिने म्यादसहितको सो स्पष्टिकरण पत्र एक पेजको छ । पत्रमा दुबै अध्यक्ष माधव नेपाल र पुष्पकमल दाहाल को हस्ताक्षर रहेको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । विभाजित पार्टीमा एकले अर्कोलाई कारवाही गर्ने क्रम तिब्र भएको छ ।

leave a reply