ADVERTISING

Breaking News

ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई संसदले गर्‍यो अस्वीकार

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले विशेषाधिकार ‘भिटो’ प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढाउने विधेयकलाई उनकै रिपब्लिकन पार्टीका सांसदहरुले समेत विपक्षमा मतदान गरेका हुन् ।

रिपब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटको नयाँ वर्षको दिन बसेको बैठकले भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक उनको भिटो संसदले रद्द गरेको हो ।

राष्ट्रपति ट्रम्पले संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने टिप्पणी गरेका छन । राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु अमेरिकी संसदको तल्लो सदनले दुई तिहाई बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेका आठवटा विधयेक यसअघि नै कानुन बनिसकेका छन् । राष्ट्रपति ट्रम्पको कार्यकाल यही जनवरी २० मा सकिँदैछ । त्यसपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हाल्नेछन् ।

leave a reply