ADVERTISING

Breaking News

ओलीले वर्तमान राज्य व्यवस्था नै खतरामा पारे : योगेश भट्टराई

बाँके : नेकपा (दाहाल-नेपाल) समूहका नेता योगेश भट्टराईले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र माथि प्रहार गरेको बताएका छन् । आज बाँकेमा पत्रकारसँग कुरा गर्दै उनले ओलीले वर्तमान राज्य व्यवस्था नै खतरामा पारेको बताएका हुन् ।

लामो संघर्षवाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था बचाउन फेरि सडकमा निस्कनुपर्ने अवस्था आएको नेता भट्टराईको भनाइ छ । नेता भट्टराईले पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसकेर ओलीले प्रतिनिधिसभा विघटन गरेको समेत बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश सभा समेत विघटन गर्ने खतरा औंल्याउँदै उनले अदालत र निर्वाचिन आयोगले संविधानले दिएको अधिकारको प्रयोग गरी देशलाई संकटबाट बचाउनुपर्ने बताए । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध मंगलबार दाहाल-नेपाल समूहले विरोध प्रदर्शन गर्दैछ ।

leave a reply