ADVERTISING

Breaking News

कांग्रेस संसदीय दलको बैठक भोली बस्दै

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोली बस्ने भएको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक बस्न लागेको हो । कांग्रेसले संसदीय दल बैठकमार्फत संसदको हिउँदे अधिवेशन बोलाउन दवाव दिने तयारी गरेको छ । सरकारले संसदको बैठक बोलाउनुको सट्टा धमाधम अध्यादेश ल्याउन लागेकाले त्यसवारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेस नेताहरुले बताएका छन । बैठकपछि कांग्रेसले प्रतिपक्षी दलहरु मिलेर संसदको हिउँदे अधिवेशन बोलाउन संसद सचिवालयमा लिखित निवेदन दर्ता गराउे तयारी समेत गरेको छ ।

leave a reply