ADVERTISING

Breaking News

८२१ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ सय रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १७१६ जना पुगेको छ ।

leave a reply