काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५ सय रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १६९८ जना पुगेको छ ।
८३० कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु
