काठमाडौं : राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने भएका छन् । बिहिबार सातदोबाटोमा बसेको अखिल नेपाल फुटबल संघ ‘एन्फा’को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गर्ने निर्णय गरेको छ । बैठकले महिला टिमका सदस्यलाई पुरुष बराबरकै १८ हजार तलब दिने निर्णय पनि गरेको छ । राष्ट्रिय पुरुष टिमका खेलाडीले यसअघि मासिक पन्ध्र हजार र महिला खेलाडीले सात हजार तलब पाउने गरेका थिए । त्यस्तै एन्फाको साधारण सभा माघ छ गते हुने भएको छ । कोरोनाका कारण प्रभावित बन्दै आएको एन्फा कांग्रेस माघको पहिलो साता हुने भएको छ । साधारण सभा नहुँदा एन्फाको वार्षिक कार्यक्रम र बजेट पास हुन सकेको छैन । त्यस्तै बैठकले उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट खेलको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले उपाध्यक्ष श्रेष्ठलाई संयोजक र कार्यसमिति सदस्य विजय घलेलाई स्थानीय संयोजकको जिम्मेवारी दिएको हो । नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा नेपालले अष्ट्रेलिया, चाईनिज ताईपे र जोर्डनसंग खेल्न बाँकी छ ।
राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने

Post navigation
Posted in: