ADVERTISING

Breaking News

नेकपा अध्यक्ष दाहाल र सचिवालय सदस्य पोखरेलविच भेटवार्ता,प्रस्ताव फिर्ता गरेर सहमतिमा आउन प्रस्ताव 

काठमाडौ । सत्तारुढ नेकपाभित्रको विवादमा सहमति खोज्नका लागि नेताहरुले अनौपचारिक छलफललाई तिब्रता दिएका छन । सोही क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेलले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट गरेका छन । खुमलटारमा करिव आधाघन्टा भएको छलफलमा पोखरेलले प्रधानमन्त्री ओलीका तर्फवाट यसअघिको राजनीतिक प्रतिवेदन फिर्ता लिएर सहमतिमा आउन प्रस्ताव गरेको बुझिएको छ । भेटमा उनले दाहालले प्रस्ताव फिर्ता लिएपछि प्रधानमन्त्रीको पनि प्रस्ताव फिर्ता हुने र नयाँ समझदारीको वाटो खुल्ने मध्यमार्गी वाटोमा जान आग्रह गरेको बताइएको छ । दाहालले भने प्रतिवेदन फिर्ता नहुने भन्दै पार्टीको औपचारिक संयन्त्रमा त्यसवारे छलफल गरेर नै निकास निकाल्नुपर्ने अडान दोहो¥याएका छन । यसअघि बिहीबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीले ओली र दाहालसँग दुबैसँग छुट्टाछुट्टै भेट गरेर पार्टीको विवादमा सहमति जुटाउन आग्रह गरेकी थिइन । बिहीबार नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दाहालसँग छलफल गरेका थिए । नेकपा सचिवालय बैठक शनिवार दिउसोका लागि बोलाइएको छ । बैठकअघि सहमति जुटाउनका लागि दोस्रो तहका नेताहरुले ओली र दाहालसँगको छलफल तिब्र बनाएका छन ।

leave a reply