ADVERTISING

Breaking News

चीनको अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट रंगीन तस्बिर पठायो

चीनको रोबोटिक च्याङ्ग इ फाइच अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर पठाएको चीनले जनाएको छ । चिनियाँ यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण भएको थियो । चीनले यो मिसनवाट चन्द्रमाबाट ढुंगा र माटो पृथ्वीमा ल्याउने योजना बनाएको छ । चिनिया यानले सतहबाट नमूना संकलन थालिसकेको छ । संकलित ती नमूनाहरु पृथ्वीमा फर्काउने यानसम्म पु¥याउने काम भने बिहीबारवाट सुरु हुने चिनियाँ राष्ट्रिय स्पेस प्रशासन ‘सीएनएसए’ले जनाएको छ । मंगलग्रहवाट फर्कने चिनिया यान मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवरतण गराउने योजना छ । चिनिया यान नोभेम्बर २४ मा वेनचाङ स्टेशनबाट चन्द्रमातर्फ प्रक्षेपण गरिएको थियो ।

leave a reply