काठमाडौ । सरकारले गैरकानुनी रुपमा आवास क्षेत्रमा डोजर लगाएको भन्दै बालाजु बाइपासका बासिन्दा आन्दोलिन भएका छन । सो क्षेत्रको सडक भत्काउने कार्य तत्काल अघि नबढाउनु भन्ने सर्वोच्चको आदेश बिपरित डोजर चलाइएको भन्दै उपत्यका सडक बिस्तार संघर्ष समितिको अगुवाईमा प्रदर्शन भएको हो । बाटोको दुवै क्षेत्रमा नेवारहरुको पुरानो वस्ती मास्ने उद्देश्यले विस्तार अघि बढाइएको स्थानीयको भनाइ छ ।
यसअघि स्थानीयहरुले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमा समेत धर्ना दिएका थिए । जनप्रतिनिधिहरुले भने सडक विस्तारका लागि मुआब्जा बितरण भैसकेपनि स्थानीयले अवरोध गरेको गुनासो गरेका छन ।
उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २ सय ६५ मिटर दुरी सडक विस्तार गर्न लागिएको जनाएको छ । स्थानीयको विरोधका बाबजुत पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेर सडक बिस्तारको काम भने भइरहेको छ ।
सरकारले गैरकानूनी रुपमा आवास क्षेत्रमा डोजर लगाएको भन्दै बालाजुमा प्रदर्शन
