ADVERTISING

Breaking News

कोरोना संक्रमितलाई परीक्षाबाट वञ्चित गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड–२०७७ कार्यान्वयन नगर्न लोकसेवा आयोगलाई अन्तरिम आदेश दिएको छ । मानव अधिकार सञ्जालले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको हो । मल्लको इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लोक सेवा आयोगले जारी गरेको मापदण्ड कार्यान्वयन नगर्न भनेको हो । अदालतले स्वास्थ्य मापदण्ड परिपालना गरेर परीक्षा लिन र सोही अनुसार व्यवस्थापन गर्न पनि आदेशमा भनेको छ । संक्रमितलाई परीक्षा केन्द्रमा रोक्ने मापदण्डले व्यक्तिलाई विभेदित, लाञ्छित र बहिस्करणमा परेको अवस्था उत्पन्न गराउने भएकाले स्वघोषणा नगर्नेतर्फ पनि अदालतले आयोगलाई सचेत गराएको छ । लोकसेवा आयोगले कोरोना लागेका परीक्षार्थीले परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेपछि सञ्जालले रिट दायर गरेको थियो ।

leave a reply