ADVERTISING

Breaking News

नवगठित मिडिया एलाइन्सलाइ विज्ञापन संघद्धारा स्वागत, सहकार्यको इच्छा

काठमाडौ । विज्ञापन बजारको विस्तार र व्यवस्थित बनाउन नेपाल विज्ञापन संघ र नवगठित मिडिया एलाइन्स सहकार्य गर्ने भएका छन । एलाइन्सको नव गठित तदर्थ समितीलाई स्वागत गर्दै संघले सहकार्यको इच्छा व्यक्त गरेको हो । मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्कर राज राजर्णिकारले विज्ञापनको बजार विस्तार गर्न सके मात्र सञ्चार माध्यमको भविष्य सुश्चित हुने बताएका छन । नेपाल विज्ञापन संघले मिडिया एलाइन्सको नव गठित तदर्थ समितिलाई स्वागतको लागि आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजकर्णिकारले क्लिन फिडको कार्यान्वयनले विज्ञापनको बजार दोब्बर हुने बताए । विज्ञापनको बजारलाई थप व्यवस्थित बनाउन नै एलाइन्सको गठन भएको उनको भनाई थियो ।

नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजाललले नीजि सञ्चार माध्यमहरुका लागि अहिले निकै चुनौतीपुर्ण समय भएपनि सहकार्य गरेर अघि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे । संघ सँधै सञ्चार माध्यमको पक्षमा रहेको उल्लेख गर्दै उनले एलाइन्ससँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

एलाइन्सका महासचिव लक्षमण हुमागाईले गणतन्त्रमा सञ्चार माध्यको भुमिका अत्यन्तै महत्वपुर्ण भए पनि सरकारले नै सञ्चार माध्यमलाई उपेक्षा गरेको गुनासो गरे । सत्ता बाहिर रहँदा सञ्चार माध्यमको वकालत गरेपनि सत्तामा पुग्ने वित्तिकै सञ्चारमाध्यमसँग विरोधी झै व्यवहार गरिएको उनको भनाई थियो ।

कार्यक्रममा सहभागिहरुले विज्ञापन विना सञ्चार माध्यमले स्वच्छ प्रतिस्पर्धा गर्न नसक्ने बताए । सञ्चार माध्यमलाई स्वतन्त्र बनाउन पनि विज्ञापन बजारलाई व्यस्थित बनाउनु पर्ने उनको भनाई थियो ।
सञ्चार माध्यममा देखिएको समस्या समाधानका लागि सहकार्य गर्ने उद्देश्य सहित गत बुधबार मिडिया एलाइन्स नेपाल गठन गरिएको हो ।

leave a reply