ADVERTISING

Breaking News

कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए, ९१८ जना निको भएर डिस्चार्ज

काठमाडौं : नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

leave a reply