ADVERTISING

Breaking News

कोरोना संक्रमितलाई पुनः एक पटकमात्र पीसीआर परीक्षण

काठमाडौ । सरकारले कोरोना संक्रमण पुष्टि भइसकेका व्यक्तिलाई पुनः एक पटकमात्र पीसीआर परीक्षण गरेर घर फर्काउने भएको छ । संक्रमित भएको दशौं दिनको परीक्षणमा पोजेटिभ देखिएर पनि कुनै लक्षण नदेखिएमा त्यसको चार दिनपछि परीक्षण नगरिकन नै घर पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै यस्तो प्रक्रियाबाट बिरामी डिस्चार्ज गर्न लागिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
त्यस्तै सरकारले एक जना संक्रमितले अरु तीन हजार जना सम्मलाई कोरोना भाइरसको सङ्क्रमण सार्न सक्ने भएकोले सुरक्षित रहन संक्रमण भएकाहरुलाई आग्रह गरेको छ ।
कतिपय सङ्क्रमित आइसोलेशनबाट भाग्ने, होम आइसोलेशनमा बसेकाहरु बाहिर निस्किने जस्ता गुनासो आएको मन्त्रालयले परिवार, छिमेकी वा देशलाई नै पर्ने समस्यालाई बुझी अनुशासित हुन संक्रमित भएकाहरुलाई आग्रह गरेको हो । यस्तै सरकारले कोभिड अस्पतालसँग समन्वय नगरि गम्भिर अवस्थामा विरामी रिफर नगर्न नीजि अस्पताललाई आग्रह गरेको छ । कतिपय संक्रमितलाई सम्बन्धित अस्पतालमा सम्पर्क गरी र डाक्टरको साथ नलगाइ पठाएको पाइएको भन्दै त्यस्तो अवस्थामा संक्रमितको मृत्यु भएमा सबन्धित अस्पताल जिम्मेबार हुनुपर्ने मन्त्रालयले जनाएको हो । मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने पनि जनाएको छ।

leave a reply