काठमाडौं : नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७ पीसीआर परीक्षण गर्दा ६ सय ४२ पुरुष र २ सय ४२ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
काठमाडौं उपत्यकाका थप ४ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ३४ र ललितपुरमा १२ जना संक्रमित थपिएका छन् । अहिले देशभरका आइसोलेशनमा १७ हजार ५ सय १८ जना रहेका छन् । तिमध्ये ६ हजार ९ सय होम आइसोलेसन र १० हजार ६ सय १२ संस्थागत आइसोलेसनमा रहेका छन् । देशभरका अस्पतालमा १७ जना भेन्टिलेटरमा र १ सय ४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ वटा पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घन्टामा थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् । मृतकहरु सुनसरी, बारा, महोत्तरी र काठमाडौका एक एक जना महिला छन् । त्यस्तै महोत्तरी र रुपन्देहीका दुई-दुई जना, सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका एक-एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।