ADVERTISING

Breaking News

कोरोना संक्रमणबाट बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप एक युवकको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

निमोनिया भएपछि उनी गत सोमबार अस्पताल भर्ना भएका थिए । हिजो उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एक–एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । बाँकेमा अहिलेसम्म ८ सय ४४ जना संक्रमित भएका छन् । ६ सय ६० जना निको भएर घर फर्केका छन् भने एक सय ७९ जना आइसोलेसनमा रहेका छन् ।

leave a reply