ADVERTISING

Breaking News

बाग्लुङ लगायत कर्णाली प्रदेशका ७ जिल्लामा निषेधाज्ञा

काठमाडौ । समुदायस्तरमा कोरोना भाइरस फैलिएसंगै बाग्लुङमा स्थानीय प्रशासनले लगाउदै आएको निषेधाज्ञा एकसाता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकको निर्णय अनुसार निषेधाज्ञाको समय थप गरिएको हो । योसँगै भदौ तीन गतेदेखि जारी निषेधाज्ञा भदौ १५ गतेसम्म कायम हुने भएको छ ।अत्यावश्यक सामाग्रीका पसल भने विहान सात बजेदेखि नौ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ । संक्रमण देखिएकालाई धौलागिरी अस्पतालमा उपचार गर्ने र बाँकीलाई क्याम्पस र धौलागिरी बहिरा स्कुलको आइसोलेसनमा राख्ने निर्णय पनि भएको छ । होटल र कुखुरा ब्यवसायी दुई जनामा संक्रमण पुष्टि भएपछि बाग्लुङमा निषेधाज्ञा लागू गरिएको थियो । बाग्लुङ बजारमा हालसम्म जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,सैनिक, मजदुर, कर्मचारीम पनि संक्रमण पुष्टि भैसकेको छ । संक्रमितमध्ये २३ जना धौलागिरी अस्पतालको आइसोलेसनमा छन । २ सय ६० जना निको भएर घर फर्केका छन ।।

त्यस्तै कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै कर्णाली प्रदेशका ७ जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेका छन् ।जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा छ भने सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, आठविसकोट, सानीभेरी र जाजरकोटको भेरी नगरपालिकामा निषेधाज्ञा लागू भएको छ ।साउन ३२ देखि जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । यस्तै मुगु र जाजरकोटमा भदौ १५ गतेसम्म, दैलेख र कालिकोटमा १० गतेसम्म, सुर्खेतको वीरेन्द्रनगरमा १२ गतेसम्म र रुकुम पश्चिमका तीन स्थानीय तहमा भदौ १४ गतेसम्म निषेधाज्ञा छ ।

leave a reply