ADVERTISING

Breaking News

८३८ जना थपिएसंगै कोरोना संक्रमित ३० हजार नाघ्यो, थप ११ जनाको मृत्यु

काठमाडौ । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा १० पुरुष र एक महिलाको मृत्यु भएको हो । एकैदिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार मृत्यु हुनेहरु मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानुपर, दोलखा र प्युठानमा छन । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । कोरोना भाइरस संक्रमितको संख्या पनि ३० हजार नाघेको छ । आज ८ सय ३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको हो । पछिल्लो २४ घन्टामा थप १३ हजार ५ सय ७९ पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या बढेको हो । आज काठमाडौं उपत्यकामा १ सय ८२ जना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अमनुसार काठमाण्डौंमा १ सय ४२ ललितपुरका २५ र भक्तपुरका १५ जनमा संक्रमण देखिएको हो । त्यस्तै पर्सामा ८०, जुम्लामा ५३, मोरङमा ४५ र बारामा ४० जना संक्रमित थपिएका छन । अहिले देशभर १२ हजार १ सय ३२ जना संक्रमित अस्पताल र घरमै आइसोलेसनमा छन । संक्रमितमध्ये ३ हजा ५ सय ८६ जना घरमा र बाँकी ८ हजार ५ सय ४६ जना अस्पतालका आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये १ सय ३३ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा रहेका छन । पछिल्लो २४ घन्टामा थप २ सय ५० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या नेपालमा १८ हजार २ सय १४ पुगेको छ । निको हुने संक्रमितको संख्या ६१ प्रतिशत छ । देशभरि क्वारन्टीनमा १२ हजार २ सय ३४ जना मानिसहरु बसिरहेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय सङ्क्रमितको संख्या पाँच सय भन्दा बढी छ । भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ । कोरोना भाइरस संक्रमण पहिचानको लागि हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ ।

leave a reply