काठमाडौं : नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा ३८ वर्षीय गिरीको गएराति मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते गिरीलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । केही समय अगाडि उनको भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।