ADVERTISING

Breaking News

उपचारार्थ मृत्यु भएका दुइ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार गरिएको उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको ओम अस्पतालमा उपचारार्थ धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।
१७ गते आईसीयूमा भर्ना भएर उपचारका क्रममा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ भैरहेको छ ।

leave a reply