ADVERTISING

Breaking News

ट्रम्पद्वारा कोरोना भाइरसको उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ

एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सी क्लोरोक्विनको प्रयोगको पुन बचाउ गरेका छन् । उनले यो औषधीले शरीरमा कुने गम्भीर असर नपर्ने भन्दै यसको प्रयोगमा रोक लगाउन दुःखद भएको बताएका हुन् ।

ट्रम्पले यसको सेवन गर्नु उचित भएको समेत बताएका छन् । कोरोना विरुद्धको उपचारमा औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ । ट्रम्पको यो भनाई उनका जेठा छोराले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो औषधि कोरोना भाइरसका लागि उपयोगी सावित हुने स्टाटस पोष्ट गरेपछि आएको हो ।

औषधिको प्रशंषा गर्दै ट्रम्पका जेठा छोराले गरेको पोष्ट भने ट्विटरले प्रतिबन्ध लगाएको थियो । हाइड्रोक्सी क्लोरोक्विनले कोरोना भाइरसविरुद्ध लड्न सक्छ भन्ने कुराको कुनै प्रमाण अहिलेसम्म फेला परेको छैन । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ४३ लाख व्यक्ति संक्रमित भएका छन् । १ लाख ४९ हजार हजारभन्दा बढीको मृत्यु भएको छ ।

leave a reply