इंग्ल्याण्डमा आजवाट रेष्टुरेन्ट, शैलुन, पब लगायत विभिन्न व्यवसाय सञ्चालनमा आएका छन । जारी लकडाउनलाई थप सहज बनाउँदै आजवाट ति ब्यवसाय सञ्चालनको अनुमति दिइएको हो । प्रधानमन्त्री बोरिस जोनसनले यसलाई निकै ठूलो कदमका रुपमा विश्लेषण गर्दै सामाजिक दूरी कायम राख्दै सेवा सञ्चालन गर्न दिने घोषणा गरेका हुन । उनले आवश्यक परेमा भविश्यमा पुन लकडाउन जारी गर्न सकिने चेतावनी भने दिएका छन । लकडाउन खुकुलो बनाउनुको अर्थ जोखिम कम भएको भन्ने नरहेको उनको भनाइ छ । त्यसैगरी इंग्ल्याण्डले अन्य मुलुकबाट आफ्नो मुलुकमा प्रवेश गर्नेहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने र नपर्नेको सूची पनि सार्वजनिक गरेको छ ।
जुलाई १० बाट ग्रिस, स्पेन, फ्रान्स र बेल्जियमबाट इंग्ल्याण्डमा जानेहरु क्वारेन्टिनमा बस्न नपर्ने सूचीमा परेका छन । चीन, अमेरिका, माल्दिभ्स स्वीडेन र पोर्चगल लगायतका मुलुकहरु भने १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सूचीमा छन । पोर्चुगलले इंग्ल्याण्डको निर्णयपति आपत्ति जनाएको छ । उसले इंग्ल्याण्डको निर्णय अनुचित र मूर्खतापूर्ण भनेको छ ।