ADVERTISING

Breaking News

‘ज्ञान’को आयोजनामा बृहत रक्तदान कार्यक्रम

काठमाडौ । ज्ञानोदय पूर्व बिधार्थी समाज (ज्ञान)को आयोजनामा काठमाडौंको कलंकीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गुरु पूर्णिमाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा उच्च रक्तचाप र मधुमेहको समेत निशुल्क परिक्षण गरिएको थियो ।कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन । ‘ज्ञान’ देशकै अग्रणी तथा अब्बल सरकारी बिधालय मध्यको एक ज्ञानोदय माध्यमिक बिधालयका पुर्ब बिधाथीहरुको साझा समुह हो ।
लकडाउनका कारण रगत संकलन कम भएकाले विरामीको उपचारमा समस्या नहोस भनेर रक्तदान कार्यक्रम गरेको ज्ञानोदय पूर्व बिद्यार्थी समाजका अध्यक्ष रुपचन्द्र पन्तले जानकारी दिए । कार्यक्रममा समाजसेवी साधुराम गौतम, ज्ञानका उपाध्यक्ष निरु महर्जन, सचिव राम महर्जन र कार्यक्रम संयोजक देवेन्द्र तण्डुकार लगायतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । २०७० सालमा स्थापित पूर्व विद्यार्थी समाज ‘ज्ञान’ स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।

हेर्नुहोस् तस्बिर

 

हेर्नुहोस् भिडियो

leave a reply