काठमाडौं : अछामको बयालपाटा अस्पतालमा कार्यरत एक जना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् । अस्पतालले आर्थिक संकट भएको भन्दै हटाएका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगो लगाएका ती कर्मचारीको थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर ल्याइएको छ । प्रहरीका अनुसार ती युवा अस्पतालमा सफाइ कर्मचारीका रुपमा कार्यरत थिए ।
अस्पतालले केही समयअघि ती कर्मचारीसहित ३३ जनालाई आर्थिक संकट परेको भन्दै हटाएको थियो । त्यही तनावका कारण उनले अस्पताल परिसरमा आफैँलाई आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।