विराटनगरस्थित कोसी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी अस्पतालवाट निको भएर फर्कनेको संख्या २६ पुगेको छ । ५४ जना संक्रमितहरुमध्ये ५४ जनाको अहिले अस्पतालमा उपचार भैरहेको छ । अस्पतालमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रदेश एकमा हालसम्म उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालमा उपचारार्थ थप आठ जना संक्रमित डिस्चार्ज

Post navigation
Posted in: