ADVERTISING

Breaking News

कोरोना संक्रमितको संख्या ३६ लाख ६५ हजार नाघ्यो, मृत्यु हुनेको संख्या २ लाख ५३ हजार नजिक

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ५२ हजारको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ७ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख ११ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट इटलीमा २९हजार, बेलायतमा २८ हजार ७ सय, स्पेनमा २५ हजार ५ सय, फ्रान्समा २२ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ । त्यसैगरी, भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या २० हजार ९ सय ४१ पुगेको छ भने ४ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर १३ लाख संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

leave a reply