ADVERTISING

Breaking News

कोरोनाविरुद्धको खोप आगामी डिसेम्बरसम्ममा प्रयोगमा आउँछ : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा उनले डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउने विश्वास व्यक्त गरेका हुन् ।

भाइरसविरुद्धको खोप बनाउने प्रयास तीव्र गतिमा रहेकाले यो वर्षको अन्त्यसम्ममा अमेरिकामा खोप उपलब्ध हुने उनको भनाइ छ । हाइड्रोक्सिक्लोरोक्विन औषधि उत्पादन गर्ने कम्पनीमा आफ्नो शेयर नरहेको दाबी गर्दै ट्रम्पले सो औषधिको प्रयोगका कारण मानिसहरुको जीवन जोगिएको पनि उल्लेख गरे ।

कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्न नसकेको भन्ने विपक्षी डेमोक्रेटहरुको आरोप राजनीतिक स्वार्थबाट प्रेरित भएको उनको भनाइ छ । उनले जनवरी २३ मै आफुले संक्रमण रोक्न पहल गरेको दावी पनि गरे ।

leave a reply