ADVERTISING

Breaking News

नेपालमा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) का थप नयाँ तीन संक्रमित फेला परेका छन् । भारतको विभिन्न स्थानबाट नेपाल आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ भेटिएका संक्रमितहरुमा कैलालीका २१ वर्षीय पुरूष, कैलालीकै ३४ वर्षिया महिला र कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेको मन्त्रालयले जनाएको छ । उनीहरु भारतको मुम्बइ र उत्तराखण्डबाट नेपाल आएका हुन् । संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

leave a reply