ADVERTISING

Breaking News

कोरोना त्रास : राजधानीका बजारहरु धमाधम बन्द हुँदै, हेर्नुहोस् तस्विरमा

काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च सतर्कता अपनाउँदै काठमाडौंका बजारहरु धमाधम बन्द हुँदै गइरहेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेसँगै बजारहरु बन्द हुँदै गएका हुन् ।

कोरोना संक्रमणको त्रासले काठमाडौंका कपडा पसल, सुन पसल, होटल, कस्मेटिक पसल, इलेक्ट्रोनिक पसल, मोबाइल पसल लगायत बन्द हुने क्रम बढ्दै गएको छ । सरकारले गरेको निर्णयअनुसार किराना पसल, औषधि पसलहरु भने खुला नै रहेका छन् । यस्तै कोरोना संक्रमणको त्रासले काठमाडौंका सडक पनि सुनसान भएका छन् ।

leave a reply