कैलाली कलेजको सम्बन्धन खारेज भएपछि कैलालीमा एक सय विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । शिक्षा मन्त्रालयले वेष्टन इन्टरनेशनल विजनेश स्कुलले विश्व विद्यालयबाट लिएको सम्बन्धन खारेज गरेपछि विद्यार्थी समस्यामा परेका हुन् । सरकारले हचुवाका आधारमा निर्णय गरेका कारण आफ्नो भबिष्य अन्योलमा परेको विद्यार्थीहरुको गुनासोे छ ।
लामो समयदेखि नविकरण नगरेको र राजश्व समेत नतिरेको भन्दै शिक्षा मन्त्रालयले कलेजको सम्बन्धन माघ २३ गते खारेज गरेको हो । तर कलेजका सञ्चालकले भने सरकारको सबै नियम पुरा गर्दा गर्दै पनि खारेजी प्रक्रिया अघि बढाइएको बताउँछन् ।
विद्यालय बन्द गर्नुभन्दा विकल्प दिनुपर्ने सञ्चालकको भनाइ छ । विदेशी विश्व विद्यालयबाट सम्बन्धन लिई गैरकानुनी रुपमा सञ्चालित १५ वटा कलेजको सम्बन्धन सरकारले मन्त्रिस्तरीय निर्णयबाट खारेज गरेको हो ।