१६ अंकले बढेर नेप्से परिसूचक २०३७ बिन्दूमा

कारोबार रकम पनि पाँच अर्ब नाघ्यो

nepse

आज पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ । शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको हो । आज कारोबार रकम पनि बढेर पाँच अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । आज दुई सय ७५ वटा कम्पनीका एक करोड २५ लाख कित्ता शेयर पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज एक सय २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ । ६ वटाको यथावत् रहेको छ । आज खप्तड लघुवित्त र सिटी होटलको शेयर झण्डै १० प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावरको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज अन्य समूहको शेयर उच्च अंकले बढेपनि बैंक, जीवन बीमा, माइक्रो फाइनान्स लगायत समूहको शेयर बढ्दा विकास बैंक, फाइनान्स, होटल, व्यापार लगायतका समूहको शेयर घटेको छ । बैंकिङ १५, जलविद्युत् १२, जीवन बीमा १६४, उत्पादन ३४, माइक्रोफाइनान्स ६५ र अन्य उपसमूह ३२ अंक बढे । विकास बैंक ३६, फाइनान्स १५, होटल तथा पर्यटन ४३, निर्जीवन बीमा ६७ र ब्यापार उपसमूह २० अंक घटेका छन् ।

प्रतिक्रिया