वायुसेवा निगम र एयर इन्डियाबिच प्राविधिक तथा बजार व्यवस्थापनमा सहकार्य हुने

नेपाल वायुसेवा निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने भएका छन । निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीको नेतृत्वको प्रतिनिधिमण्डल र एयर इन्डियाकाका प्रमुख कार्यकारी अधिकृत कैपबेल विल्सनविच भएको भेटमा आपसी सहकार्य अघि बढाउने सहमति भएको हो । त्यस्तै दुई कम्पनीविच भूमिस्थ सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’लाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सहमति पनि भएको छ । पछिल्लो सहमतिले दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । 

प्रतिक्रिया