राज्यको सुन नपाउँदा अप्ठेरो परेको साना सुन व्यवसायीको गुनासो
साना सुनचाँदी व्यवसायीहरुले राज्यले कोटा निर्धारण गरेर दिइरहेको सुन आफूहरुले नपाउँदा रोजीरोटी नै गुम्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघको पाँचौ साधारणसभामा बोल्दै व्यवसायीहरुले राज्यले प्रदान गरिरहेको सुनमा महासंघले सिण्डीकेट कायम गरी भागवण्डा गर्दा नपाएको गुनासो गरेका हुन् । उनीहरुले राज्यले कोटामा दिने सुन आफूहरुले नपाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष श्यामकुमार विश्वकर्माले राज्यले दिने सुन आफुहरुले नपाउँदा व्यवसाय संचालन गर्न समस्या परेको बताए ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सचिव निरकुमार धमलाले व्यवसायीहरुवीचमा एकता नहुँदा व्यवसायमा समस्या आएको बताए । संघका उपाध्यक्ष राजकुमार दर्नालले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष दिलकुमार विश्वकर्माले आर्थिक प्रतिवेदन र महासचिव नरेन्द्र विश्वकर्माले वार्षीक प्रतिवेदन पेश गरेका थिए । सरकारले कोटा प्रणाली अनुसार दैनिक १० किलो सुन महासंघलाई उपलव्ध गराउने गरेको छ ।
_UQgCq741eb_yzugzpkbc3vrrkbhuyvy6pwehxidksd5ayadmw2o3ajk4dn4p16hobxppfws_BeuIj0rwky_coxyqyefww6yft2s3c68figalfit6ihdomzvkmj8hcgk63jebogaji7evzle.jpg)
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

देशको अर्थतन्त्र सुधार बारे एभिन्यूजको एजेण्डा बहस कर्णाली प्रदेशमा शुरु

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनचाँदी चितवनको अध्यक्षमा हेमवहादुर सेन्चुरी र वरिष्ठ उपाध्यक्ष उत्सव खाती
सुकुटी बेचेर मासिक २ लाख आर्जन
_WDLHoaVPJc_wxx07imun824vvjzhjccftq7fjys5geqvn5xdmrpvnrjgsbby57b44v8uwpx_UoBB7HJo3G_x4pz3cadszmxyjykmrs6ib3n9gb2dmq49dupektwhefalpkzspiuvexn5zib.jpg)
प्रतिक्रिया