सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई हजार ४ सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज ओरालो लागेको हो ।  आज छापावाल सुन तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन पनि १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर कीर्तिमान बनाएको थियो । आज आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया