तेब्बर भन्दा बढि मुल्यबृद्धिले महंगियो प्याज
आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १ सय ७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको छ । आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएको हो । भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेका छन । जेठ १५/१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२/३५ रुपियाँमा कारोबार भएकामा अहिले प्रतिकेजीकै ११० देखि १ सय १५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १ सय २५ रुपियाँदेखि १ सय ४० रुपियाँसम्म छ । कालीमाटी तरकारी विकास समितिको तथ्याङ्क हेर्दा प्याज आयातमै भर पर्नु पर्ने अवस्था छ । सो बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।
_UQgCq741eb_yzugzpkbc3vrrkbhuyvy6pwehxidksd5ayadmw2o3ajk4dn4p16hobxppfws_BeuIj0rwky_coxyqyefww6yft2s3c68figalfit6ihdomzvkmj8hcgk63jebogaji7evzle.jpg)
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

देशको अर्थतन्त्र सुधार बारे एभिन्यूजको एजेण्डा बहस कर्णाली प्रदेशमा शुरु

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनचाँदी चितवनको अध्यक्षमा हेमवहादुर सेन्चुरी र वरिष्ठ उपाध्यक्ष उत्सव खाती
सुकुटी बेचेर मासिक २ लाख आर्जन
_WDLHoaVPJc_wxx07imun824vvjzhjccftq7fjys5geqvn5xdmrpvnrjgsbby57b44v8uwpx_UoBB7HJo3G_x4pz3cadszmxyjykmrs6ib3n9gb2dmq49dupektwhefalpkzspiuvexn5zib.jpg)
प्रतिक्रिया