हवाइ टिकटमा ते¥ह प्रतिशत भ्याट लगाउने निर्णयले पर्यटन क्षेत्रमा अन्यौल

tourist

नेपालले पहिलो पटक हवाई टिकटमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर लगाउने व्यवस्था बजेटमार्फत ल्याएपछि पर्यटन क्षेत्रमा अन्योल थपिएको छ । सरकारले बजेट मार्फत कर बढाएपछि पर्यटन क्षेत्र धरासायी हुने चिन्ता पर्यटन व्यवसायीहरुको छ ।
आगामी आर्थिक वर्ष देखी लागु हुने गरि नेपालले पहिलो पटक हवाई टिकटमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर लगाउने व्यवस्था बजेटमार्फत ल्याएपछि पर्यटन क्षेत्रमा अन्योल थपिएको छ । नेपाल बाहिर घुम्न जानेहरुले पनि टुर प्याकेजमा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क बुझानुपर्ने छ । सरकारले बजेट मार्फत ल्याएको विभिन्न प्रकारको दरमाथि पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । खस्किएको अर्थतन्त्र उकास्न बलियो टेवा पुर्याउने पर्यटन क्षेत्रमाथि लगाइने करले पर्यटन क्षेत्रलाई थप धरासायी बनाउने उनीहरुको भनाइ । लयमा फर्कदै गरेको पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो हरेक पाटोमा कर लगाइनु असान्र्दभीक रहेको भनाइ होटल एसोसियन नेपालको छ ।

कोरोना महामारीबाट लयमा फर्कदै गरेको पर्यटन क्षेत्रमा बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर परेको छ । बजेट माफत ल्याइएको विभिन्न प्रकारका करले हवाई भाडा र टूर प्याकेज महंगो हुने भएका कारण नेपाल आउने पर्यटक अन्य मुलुकमा जाने हुन् कि चिन्ता व्यवसायीमा छ । पर्यटन व्यवसायीसँग छलफल नै नगरि पहिलो चोटी कर राख्दा धेरै जटिलता आउन सक्ने नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्को भनाई छ ।

अर्थतन्त्रको बलियो आधार रहेको पर्यटन क्षेत्रलाई सरकारले अनदेखा गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । पर्यटन क्षेत्रमा विभिन्न प्रकारका कर राखेसँगै सरकारको यस वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य प्रभावित हुने देखिएको छ भने कर संकलनका लागि राखिएका लक्ष्यसमेत प्राप्त हुने देखिदैन ।

प्रतिक्रिया