इजरायल हमाससँग छ साताका लागि युद्धविराम गर्न सहमत

हमासका बन्धकसँगै प्यालेष्टेनीहरुपनि रिहा हुने

इजरायल हमास छ साताका लागि युद्धविराम गर्न सहमत भएका छन । इजरायल र हमासबीच जारी युद्ध चरम उत्कर्षका पुगेकै बेला सोमबारदेखि लागु हुने गरी युद्धविरामको सहमति भएको बताइएको छ । इजरायलले पछिल्लो समय गाजापट्टीमा दैनिक रुपमा गरेको आक्रमणमा सयौं सर्वसाधारण मारिएपछि अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको चौतर्फी आलोचना खेपेपछि युद्धविरामका लागि सहमत भएको हो । यद्दपी हमासले युद्धविराबारे कुनै प्रतिक्रिया दिएको छैन । कतारको मध्यस्थतामा हमास र इजरायलबीच बारम्बार छलफल भइरहँदा हमास पनि केही हदसम्म युद्धविरामका लागि लचक भएको बताइएको छ । इजरायलले आफनो नियन्त्रणमा रहेका प्यालेष्टेनीहरु रिहा गर्न पनि सहमत भएको बताइएको छ । हमासले पनि इजरायली बन्धक छाडने बताइएको छ । इजरायलले गाजामा गत अक्टोबरदेखि गरेको आक्रमणमा हालसम्म ३० हजारको मृत्यु भइसकेको । तिमध्ये महिला र बालबालिकाको संख्या मात्रै ९ हजार छ । 
 

प्रतिक्रिया