BREAKING:
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

विश्वविद्यालयमा भर्नाको आरक्षण खारेज गर्न अमेरिकी अदालतको आदेश

वर्णलाई आधार मान्नु समानताको हकविरूद्ध भएको ठहर

 

अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना सम्बन्धि आरक्षण खारेज गर्न आदेश दिएको छ । अमेरिकी विश्वविद्यालयहरुलाई विविधायुक्त बनाउन भन्दै सन् १९६० को दशकमा लागू गरिएको विद्यार्थी भर्नाको आरक्षण अन्त्य गर्न सर्वोच्चले आदेश दिएको हो । अदालतले विश्वविद्यालयहरूले विद्यार्थी भर्ना गर्दा वर्णका आधारमा गर्ने सकारात्मक विभेद गैरकानुनी र समानताको हकविरूद्ध भएको फैसला गरेको हो । हार्वर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको भर्ना प्रक्रियाबारे परेका दुइटा मुद्दामा सर्वोच्लले यस्तो फैसला गरेको हो । फैसलाको क्रममा  छ जना न्यायाधीश सकारात्मक विभेदको विपक्षमा उभिएपनि तीन जना न्यायाधीशले फरक मत राखेका छन । राष्ट्रपति जो बाइडेनले सर्वोच्चको फैसलाप्रति असहमति जनाउदै  फैसला सामान्य नभएको प्रतिक्रिया दिएका छन । अमेरिकामा विभेद अझै बाँकी रहेको सामान्य सत्य फैसलामा प्रतिविम्वित नभएको उनको भनाइ छ । अमेरिकी विश्वविद्यालयमा विविधता कायम राख्न आफूले शिक्षा मन्त्रालयलाई निर्देशन दिने उनले बताएका छन । पूर्वराष्ट्रपति ट्रम्प र २०२४ को चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दाबी गरेकाहरूले भने यो फैसलाको स्वागत गरेका छन । अमेरिकी विश्वविद्यालयमा अश्वेत र हिस्पानिक विद्यार्थीको पहुँच बढाउन सन् १९६०को दशकमा भर्नामा सकारात्मक विभेद गर्न थालिएको थियो । विश्वविद्यालयका कक्षाकोठालाई विविधतायुक्त बनाउन र श्वेत र अश्वेत अमेरिकीबीच रहेको असमानता कम गर्न यस्तो गर्न सुरू गरिएको थियो । केही समयपछि योग्यताका आधारमा नभई शरीरको वर्ण र जातिका आधारमा विश्वविद्यालयमा भर्ना पाउने कुरा समानताको हकविरूद्ध भएको भन्दै यसको विरोध भएको थियो ।।
 

प्रतिक्रिया