होण्डुरसको महिला कारागारमा भएको दंगामा ४१ जना महिलाको मृत्यु

होन्डुरसको एक महिला कारागारमा भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूविच झडप भएको हो । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको हो । अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाइएको प्रहरीले जनाएको छ । केहीलाई भने गोली हानिएको बताइएको छ । गोली र छुरा लागेका सात जना महिला कैदीको टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ ।
उत्तरी गाजा छाड्न स्थानीयलाई इजरायलको चेतावनी
इजरायलद्वारा गाजास्थित एक अस्पतालमा आक्रमण, कम्तिमा पाँच सय जनाको मृत्यु
अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको ब…
विश्वविद्यालयमा भर्नाको आरक्षण खारेज गर्न अमेरिकी अदालतको आदेश

प्रतिक्रिया