२८ जिल्लाका मिटरब्याज पीडित न्याय माग्न आज काठमाडौं छिर्ने

२१ दिनदेखि सडकमै गाँसबास

नेपालको पूर्वी र पश्चिमी क्षेत्रबाट सुरु भएको मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्च टोली आज काठमाडौं प्रवेश गर्ने भएको छ । तराईका २० जिल्ला र भित्री मधेशका ८ जिल्लाका गरी २८ जिल्लाका पीडितहरू अहिले पैदलै हिँडेर न्याय खोज्न काठमाडौं आउन लागेका हुन । लत्ताकपडा र झोला भिरेर सयौं किलोमिटरको राजमार्गमा पैदल यात्रा गरिरहेका मिटरब्याज र लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरुको भनाइ छ । तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म सार्वजनिक समेत नगरेकामा पीडितहरू आक्रोशित समत भएका छन् । सरकारले बनाएको कानुन र आयोगले न्याय नदिएका कारण काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य भएको पीडित बताउछन । तीस हजार पीडितको समस्या अझै पनि जस्ताको तस्तै रहेको उनीहरुको गुनासो छ ।
 

प्रतिक्रिया