मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री लामिछाने
सरकारले मनसुन शुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने भएको छ । गृहमन्त्रालयमा आज मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दिनभित्र टास्क फोर्स बनाउने घोषणा गरेका हुन । मन्त्री लामिछानेले मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताए ।
मन्त्री लामिछानेले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए । छलफलमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भएपनि व्यवहारमा लागू गर्न समस्या रहेको बताए ।
महानिरीक्षक कुँबरले विपद्मा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरु मात्रै रहेको गुनासो समेत गरे । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताए ।
महानिरीक्षक अर्यालले सिंचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा तीन मिली क्युसेक भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताएका हुन । दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको टिप्पणी थियो । प्रमुख जिल्ला अधिकारीहरुको कोषमा ६ अर्ब बढी पैसा भएको तर खर्च नभएको भन्दै तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिन माग समेत महानिर्देशक अर्यालको थियो ।

कालिकोटमा यात्रुवाहक जीप दुर्घटना, ८ जनाको मृत्यु

भकुण्डेवेसी बर्षेखोला सडक खण्ड साँझ ६ देखि बिहान ४ बजेसम्म बन्द रहने

काठमाडौमा घटस्थापना अघि नै मेलम्चीको पानी आउने
उडेको केही मिनेटमै श्री एयरलाइन्सको विमानमा आकस्मिक अवतरण

गुल्मी शान्तिपुरमा पनि कपडा बैंक शुभारम्भ

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती
कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार

प्रतिक्रिया