उत्तरी गाजा छाड्न स्थानीयलाई इजरायलको चेतावनी
इजरायलले उत्तरी गाजा छाड्न स्थानीयलाई चेतावनी दिएको छ । सो क्षेत्र खाली नगरे यहाँ बसोबास गर्ने मानिसलाई पनि प्यालेस्टिनी लडाकु समूह हमासको सहयोगी मानिने धम्की इजरायली सेनाले दिएको छ । उता इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको हो । इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका हुन । उनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह गरेका छन । इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ । यसैबीच लेबनानले इजरायलको सञ्चार टावरमा आक्रमण गरेको छ । जवाफी कारबाहीमा इजरायलले हिजबुल्लाहका ३ वटा स्थान ध्वस्त पारेको बताइएको छ । गएको असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ ।युद्धका कारण इजरायल र प्यालेस्टाइनका चार हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । मृत्यु हुनेमा १ हजार ४०३ इजरायली र ४ हजार ६ सय ५१ प्यालेस्टिनी नागरिक छन ।
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया